काठमाडौँ ,३१ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख ३१ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३१ पैसा र विक्रीदर १३३ रुपैयाँ ९१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ५९ पैसा र विक्रीदर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र विक्रीदर १६७ रुपैयाँ ७० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया ०६ पैसा र विक्रीदर १४७ रुपैयाँ ७२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०१ पैसा र विक्रीदर ८८ रुपैयाँ ४१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र विक्रीदर ९७ रुपैयाँ ९४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४३ पैसा र विक्रीदर ९८ रुपैयाँ ८७ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५६ पैसा र विक्रीदर ८ रुपैयाँ ६० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र विक्रीदर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५४ पैसा र विक्रीदर ३५ रुपैयाँ ७० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र विक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १३ पैसा र विक्रीदर २८ रुपैयाँ २६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७२ पैसा र विक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र विक्रीदर १२ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २५ पैसा र विक्रीदर १९ रुपैयाँ ३३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०६ पैसा र विक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ७४ पैसा र विक्रीदर ४३५ रुपैयाँ ६९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ५७ पैसा र विक्रीदर ३५५ रुपैयाँ १६ पैसा रहेको छ ।
