काठमाडौँ ,१७ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख १७ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०५ पैसा र विक्रीदर १३३ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र विक्रीदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ १९ पैसा र विक्रीदर १६६ रुपैयाँ ९४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैया ५२ पैसा र विक्रीदर १४६ रुपैयाँ १८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९३ पैसा र विक्रीदर ८७ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र विक्रीदर ९७ रुपैयाँ ७६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ६३ पैसा र विक्रीदर ९८ रुपैयाँ ०७ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४० पैसा र विक्रीदर ८ रुपैयाँ ४४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४८ पैसा र विक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९१ पैसा र विक्रीदर २८ रुपैयाँ ०३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १८ पैसा र विक्रीदर १२ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०८ पैसा र विक्रीदर १९ रुपैयाँ १६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०० पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ०५ पैसा र विक्रीदर ४३४ रुपैयाँ ०० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८९ पैसा र विक्रीदर ३५४ रुपैयाँ ४९ पैसा रहेको छ ।
