काठमाडौँ ,१० बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख १० गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २६ पैसा र विक्रीदर १३३ रुपैयाँ ८६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ०० पैसा र विक्रीदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र विक्रीदर १६५ रुपैयाँ ६२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ४१ पैसा र विक्रीदर १४७ रुपैयाँ ०७ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ पैसा र विक्रीदर ८५ रुपैयाँ ९१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८८ पैसा र विक्रीदर ९७ रुपैयाँ ३१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ८७ पैसा र विक्रीदर ९८ रुपैयाँ ३१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ६२ पैसा र विक्रीदर ८ रुपैयाँ ६६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र विक्रीदर ३६ रुपैयाँ ७० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र विक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८६ पैसा र विक्रीदर २७ रुपैयाँ ९८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६९ पैसा र विक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २० पैसा र विक्रीदर १२ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०३ पैसा र विक्रीदर १९ रुपैयाँ १२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०१ पैसा र विक्रीदर १७ रुपैयाँ ०९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ६६ पैसा र विक्रीदर ४३४ रुपैयाँ ६१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३५५ रुपैयाँ ०७ पैसा रहेको छ ।
