काठमाडौँ ,०६ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख ०६ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३६ पैसा र विक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९३ पैसा र विक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ४१ पैसा र विक्रीदर १६६ रुपैयाँ ८९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ४० पैसा र विक्रीदर १४७ रुपैयाँ ०६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७० पैसा र विक्रीदर ८६ रुपैयाँ ०९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७० पैसा र विक्रीदर ९७ रुपैयाँ ०३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ९० पैसा र विक्रीदर ९८ रुपैयाँ ३४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ६२ पैसा र विक्रीदर ८ रुपैयाँ ६६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र विक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ४३ पैसा र विक्रीदर २७ रुपैयाँ ९६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १८ पैसा र विक्रीदर १२ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०२ पैसा र विक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०३ पैसा र विक्रीदर १७ रुपैयाँ १० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ६९ पैसा र विक्रीदर ४३४ रुपैयाँ ६४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३५५ रुपैयाँ ३३ पैसा रहेको छ ।
