शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८० चैत २६ गते साेमवारको राशिफल र मौसम

सोमवार , चैत्र २६, २०८०

बि.सं.२०८० चैत २६ गते सोमबार ई.सं.२०२४ अप्रिल ०८ नेपाल सम्बत ११४४ चिल्लागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण औँसी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, एन्द्र योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४६ बजे, सूर्यास्त साँझ ०६: २४ बजे हुनेछ । आज जन्म लिने बच्चा मिन राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४६ मिनेट देखि ०७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज घोडेजात्रा/सोमबारे औँसी रहेको छ ।

 

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- व्यावहारिक कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि हातलागी नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेत गर्दा स्थितिमा सुधार आउनाले सामान्य फाइदा हुनेछ। पहिलेकै समस्या दोहोरिनाले अलमलमा परिएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। आफ्ना काममा अरूकाे भरपर्दा गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। मिहिनेत गर्दा पछि फाइदा हुने काम बन्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। केही खर्च लागे पनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइका लागि केही खर्च हुन सक्छ। अभिभावककाे गुनासाे सुन्नुपर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। काममा केही अलमल हुन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा समय दिन नसकिए पनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। काम दोहोर्याएर गर्नुपर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– सुरुमा ढंग नपुग्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया