शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , चैत्र २२, २०८०

काठमाडौँ ,२२ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत २२ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया २० पैसा र विक्रीदर १३३ रुपैयाँ ८० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ६० पैसा र विक्रीदर १४४ रुपैयाँ २४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ५७ पैसा र विक्रीदर १६८ रुपैयाँ ३३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ६२ पैसा र विक्रीदर १४७ रुपैयाँ २८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७८ पैसा र विक्रीदर ८७ रुपैयाँ १७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र विक्रीदर ९८ रुपैयाँ ५९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५६ पैसा र विक्रीदर ९९ रुपैयाँ ०१ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७८ पैसा र विक्रीदर ८ रुपैयाँ ८२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५१ पैसा र विक्रीदर ३५ रुपैयाँ ६७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र विक्रीदर ३६ रुपैयाँ ६९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र विक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०१ पैसा र विक्रीदर २८ रुपैयाँ १४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८७ पैसा र विक्रीदर ९ रुपैयाँ ९१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र विक्रीदर १२ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २५ पैसा र विक्रीदर १९ रुपैयाँ ३४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०१ पैसा र विक्रीदर १७ रुपैयाँ ०९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ८३ पैसा र विक्रीदर ४३४ रुपैयाँ ७८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ३२ पैसा र विक्रीदर ३५४ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया