काठमाडौँ ,१४ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत १४ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९६ पैसा र विक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ३३ पैसा र विक्रीदर १४४ रुपैयाँ ९८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ३१ पैसा र विक्रीदर १६९ रुपैयाँ ०७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया ५५ पैसा र विक्रीदर १४८ रुपैयाँ २२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र विक्रीदर ८७ रुपैयाँ ५८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०३ पैसा र विक्रीदर ९८ रुपैयाँ ४७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ९४ पैसा र विक्रीदर ९९ रुपैयाँ ३९ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७९ पैसा र विक्रीदर ८ रुपैयाँ ८३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५ रुपैयाँ ६१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र विक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र विक्रीदर ३६ रुपैयाँ ३७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १७ पैसा र विक्रीदर २८ रुपैयाँ ३० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र विक्रीदर १२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३५ पैसा र विक्रीदर १९ रुपैयाँ ४४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०० पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ २४ पैसा र विक्रीदर ४३४ रुपैयाँ १९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६९ पैसा र विक्रीदर ३५४ रुपैयाँ २८ पैसा रहेको छ ।
