शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , फाल्गुण २५, २०८०

काठमाडौं,२५ फागुण – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण २५ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया १६ पैसा र विक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ०३ पैसा र विक्रीदर १४४ रुपैयाँ ६८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ६२ पैसा र विक्रीदर १६८ रुपैयाँ ३९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया २५ पैसा र विक्रीदर १५० रुपैयाँ ९३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र विक्रीदर ८७ रुपैयाँ ७० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र विक्रीदर ९८ रुपैयाँ ३४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ९६ पैसा र विक्रीदर ९९ रुपैयाँ ४० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९४ पैसा र विक्रीदर ८ रुपैयाँ ९८ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २४ पैसा र विक्रीदर ३५ रुपैयाँ ४० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र विक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०९ पैसा र विक्रीदर २८ रुपैयाँ २१ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८५ पैसा र विक्रीदर १२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३२ पैसा र विक्रीदर १९ रुपैयाँ ४१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९० पैसा र विक्रीदर १६ रुपैयाँ ९७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ०८ पैसा र विक्रीदर ४३२ रुपैयाँ ०३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५८ पैसा र विक्रीदर ३५२ रुपैयाँ १८ पैसा रहेको छ ।

प्रतिक्रिया