शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , फाल्गुण ११, २०८०

काठमाडौं,११– नेपाल राष्ट्र बैंकले २०८० साल फागुण ११ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया २५ पैसा र विक्रीदर १३२ रुपैयाँ ८५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र विक्रीदर १४४ रुपैयाँ १४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ५९ पैसा र विक्रीदर १६८ रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ६१ पैसा र विक्रीदर १५१ रुपैयाँ २९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०४ पैसा र विक्रीदर ८७ रुपैयाँ ४४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र विक्रीदर ९८ रुपैयाँ ७३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६१ पैसा र विक्रीदर ९९ रुपैयाँ ०६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र विक्रीदर ८ रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २६ पैसा र विक्रीदर ३५ रुपैयाँ ४२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र विक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र विक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ६९ पैसा र विक्रीदर २७ रुपैयाँ ८१ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८३ पैसा र विक्रीदर १२ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २५ पैसा र विक्रीदर १९ रुपैयाँ ३४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ८४ पैसा र विक्रीदर ४३१ रुपैयाँ ७९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८२ पैसा र विक्रीदर ३५२ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिक्रिया