शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , फाल्गुण १०, २०८०

काठमाडौं,१०– नेपाल राष्ट्र बैंकले २०८० साल फागुण १० गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४६ पैसा र विक्रीदर १३३ रुपैयाँ ०६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ०० पैसा र विक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ०३ पैसा र विक्रीदर १६७ रुपैयाँ ७८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ४० पैसा र विक्रीदर १५१ रुपैयाँ ०८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७८ पैसा र विक्रीदर ८७ रुपैयाँ १७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९१ पैसा र विक्रीदर ९८ रुपैयाँ ३५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५३ पैसा र विक्रीदर ९८ रुपैयाँ ९८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८३ पैसा र विक्रीदर ८ रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३२ पैसा र विक्रीदर ३५ रुपैयाँ ४८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७० पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ६३ पैसा र विक्रीदर २७ रुपैयाँ ७६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९२ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र विक्रीदर १२ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १९ पैसा र विक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९४ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ४७ पैसा र विक्रीदर ४३२ रुपैयाँ ४२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३८ पैसा र विक्रीदर ३५२ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया