काठमाडौं,२९ माघ – नेपाल राष्ट्र बैंकले २०८० साल माघ २९ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५६ पैसा र विक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ९५ पैसा र विक्रीदर १४३ रुपैयाँ ६० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ३९ पैसा र विक्रीदर १६८ रुपैयाँ १५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैया ५४ पैसा र विक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४८ पैसा र विक्रीदर ८६ रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ४९ पैसा र विक्रीदर ९८ रुपैयाँ ९३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४७ पैसा र विक्रीदर ९८ रुपैयाँ ९२ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८ रुपैयाँ ९२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र विक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८२ पैसा र विक्रीदर २७ रुपैयाँ ९५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र विक्रीदर १२ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १८ पैसा र विक्रीदर १९ रुपैयाँ २६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ५२ पैसा र विक्रीदर ४३२ रुपैयाँ ४६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५३ रुपैयाँ २३ पैसा रहेको छ ।
