शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , माघ २५, २०८०

काठमाडौं,२६ माघ – नेपाल राष्ट्र बैंकले २०८० साल माघ २६ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४४ पैसा र विक्रीदर १३३ रुपैयाँ ०४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ५५ पैसा र विक्रीदर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ८९ पैसा र विक्रीदर १६७ रुपैयाँ ६५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैया ४८ पैसा र विक्रीदर १५२ रुपैयाँ १७ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०१ पैसा र विक्रीदर ८६ रुपैयाँ ४० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ २५ पैसा र विक्रीदर ९८ रुपैयाँ ६९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ३४ पैसा र विक्रीदर ९८ रुपैयाँ ७९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८ रुपैयाँ ९२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३२ पैसा र विक्रीदर ३५ रुपैयाँ ४८पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ७७ पैसा र विक्रीदर २७ रुपैयाँ ८९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९५ पैसा र विक्रीदर १० रुपैयाँ ०० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १२ पैसा र विक्रीदर १९ रुपैयाँ २० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९३ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ९३ पैसा र विक्रीदर ४३१ रुपैयाँ ८८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३४ पैसा र विक्रीदर ३५२ रुपैयाँ ९३ पैसा रहेको छ ।

प्रतिक्रिया