काठमाडौं,२४ माघ – नेपाल राष्ट्र बैंकले २०८० साल माघ २४ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ६० पैसा र विक्रीदर १३३ रुपैयाँ २० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रीदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ३३ पैसा र विक्रीदर १६७ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र विक्रीदर १५२ रुपैयाँ ७५ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १० पैसा र विक्रीदर ८६ रुपैयाँ ४९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९९ पैसा र विक्रीदर ९८ रुपैयाँ ४३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५२ पैसा र विक्रीदर ९८ रुपैयाँ ९६ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९२ पैसा र विक्रीदर ८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र विक्रीदर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३६ पैसा र विक्रीदर ३५ रुपैयाँ ५२पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र विक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १० पैसा र विक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८२ पैसा र विक्रीदर २७ रुपैयाँ ९५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४९ पैसा र विक्रीदर १२ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०८ पैसा र विक्रीदर १९ रुपैयाँ १६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ५१ पैसा र विक्रीदर ४३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २७ पैसा र विक्रीदर ३५३ रुपैयाँ पैसा रहेको छ ।
