काठमाडौं,१८ माघ – नेपाल राष्ट्र बैंकले २०८० साल माघ १८ गते सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५८ पैसा र विक्रीदर १३३ रुपैयाँ १८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र विक्रीदर १४४ रुपैयाँ ३७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ १४ पैसा र विक्रीदर १६८ रुपैयाँ ९१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५३ रुपैयाँ ५६ पैसा र विक्रीदर १५४ रुपैयाँ २६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र विक्रीदर ८७ रुपैयाँ ६५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र विक्रीदर ९९ रुपैयाँ २१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ९८ पैसा र विक्रीदर ९९ रुपैयाँ ४३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९७ पैसा र विक्रीदर ९ रुपैयाँ ०१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र विक्रीदर १८ रुपैयाँ ५५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र विक्रीदर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३ रुपैयाँ ७५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १० पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०३ पैसा र विक्रीदर २८ रुपैयाँ १६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र विक्रीदर १२ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २८ पैसा र विक्रीदर १९ रुपैयाँ ३६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९६ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ०६ पैसा र विक्रीदर ४३३ रुपैयाँ ०१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५३ रुपैयाँ २३ पैसा रहेको छ ।
