शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० माघ १८ गते बिहीबारको राशिफल र मौसम

बिहिवार , माघ १८, २०८०

बि.सं.२०८० माघ १८ गते बिहीबार ई.सं.२०२४ फ्रेवरी ०१ नेपाल सम्बत ११४४ पोहेलागा षष्ठी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण षष्ठी, चन्द्रमा कन्या राशिमा चित्रा नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५० बजे, सूर्यास्त साँझ ०५: ४४ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५० मिनेट देखि ०८ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मान सम्मान पनि पाइनेछ । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । दाम्पत्य सम्बन्धमा केहि असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धन लाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । जग्गा जमिनबाट भने मनग्य लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवम् काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाँउमा धन नाश हुने दिन छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केहि समस्या थपिने देखिन्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- काममा सफलता पाउन केहि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भएपनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ । पारिवारिक असमझदारी बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :- पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ ।

तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको मौसम ?

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराईका केही स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहनेछ ।

 

प्रतिक्रिया