काठमाडौं,१७ पुष – नेपाल राष्ट्र बैंकले २०८० साल पुष १७ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८४ पैसा र विक्रीदर १३३ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ६७ पैसा र विक्रीदर १४७ रुपैयाँ ३३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ १८ पैसा र विक्रीदर १६९ रुपैयाँ ९५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५७ रुपैयाँ ८८ पैसा र विक्रीदर १५८ रुपैयाँ ६० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र विक्रीदर ९० रुपैयाँ ९२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र विक्रीदर १०० रुपैयाँ ७७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० रुपैया ७१ पैसा र विक्रीदर १०१ रुपैयाँ १६ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४२ पैसा र विक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र विक्रीदर १८ रुपैयाँ ८० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र विक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८७ पैसा र विक्रीदर ३ रुपैयाँ ८८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९२ पैसा र विक्रीदर २९ रुपैयाँ ०५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २७ पैसा र विक्रीदर १० रुपैयाँ ३१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २० पैसा र विक्रीदर १३ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६८ पैसा र विक्रीदर १९ रुपैयाँ ७६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०२ पैसा र विक्रीदर १७ रुपैयाँ १० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ५१ पैसा र विक्रीदर ४३४ रुपैयाँ ४७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५० पैसा र विक्रीदर ३५४ रुपैयाँ ०९ पैसा रहेको छ ।
