सिन्धुली– आफ्नै बुवाको हत्या गरि फरार रहेका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राती साढे ८ बजेको समयमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ स्थित शिखर डाँडामा ७२ वर्षिय बुद्धिमान घिसिङमाथि आफ्नै छोरा ३२ वर्षिय दावा घिसिङले खुकुरी र बन्चरो प्रहार गरि हत्या गरेपछि फरार रहेका थिए । उनलाई झण्डै १४ घण्टापछि सर्लाहीको प्रहरीसँग समन्वय गरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) चिरञ्जिवि दाहालले बताउनुभयो । इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले उनलाई सर्लाहीको बागमती नगररपालिका ११ र रौतहट चन्द्रनिगाहापुर नगरपालिका वडा नम्बर १ नुुनथर ड्यामको सिमानाबाट पक्राउ गरेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय कर्मैयामा ल्याई राखिएको डिएसपि दाहालले बताउनुभयो । उनलाई लिन इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षकको टोलि सर्लाही गईसकेको डिएसपि दाहालले बताउनुभयो ।