सिन्धुली– सिन्धुलीमा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजे जिल्लाको कमलामाई नगरपालिका वडा नं. ५ बोजेका ५४ वर्षिय रत्न बहादुर थापा मगरको करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो ।
आफ्नै घरबाट अन्दाजि दुई सय मिटर पुर्वमा रहेको खेतमा पानी लगाई पानी तान्ने मोटर बन्द गर्ने क्रममा करेन्ट सर्ट भई मगरको मृत्यु भएको दाहालले बताउनुभयो । मगरलाई छिमेकिले बेहोस अवस्थामा फेला पारेका थिए । लगत्तै मगरलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा चिकित्सकले मगरलाई मृत घोषणा गरेको थियो ।