काठमाडौं,०२ कात्तिक – नेपाल राष्ट्र बैंकले २०८० साल कात्तिक ०२ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९२ पैसा र विक्रीदर १३३ रुपैयाँ ५२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र विक्रीदर १४१ रुपैयाँ ०१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०४ पैसा र विक्रीदर १६२ रुपैयाँ ७७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैयाँ ९१ पैसा र विक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६७ पैसा र विक्रीदर ८५ रुपैयाँ ०५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४१ पैसा र विक्रीदर ९७ रुपैयाँ ८५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ०५ पैसा र विक्रीदर ९७ रुपैयाँ ४९ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८ रुपैयाँ ९२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०२ पैसा र विक्रीदर २८ रुपैयाँ १४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८२ पैसा र विक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १४ पैसा र विक्रीदर १२ रुपैयाँ २० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८१ पैसा र विक्रीदर १८ रुपैयाँ ९० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८९ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ६८ पैसा र विक्रीदर ४३१ रुपैयाँ ६१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५४ पैसा र विक्रीदर ३५४ रुपैयाँ १३ पैसा रहेको छ ।
