शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० कार्तिक ०२ गते बिहिबारको राशिफल र मौसम

बिहिवार , कार्तिक २, २०८०

बि.सं. २०८० कार्तिक ०२ गते बिहिबार ई.सं.२०२३ अक्टुबर १९ नेपाल सम्बत ११४३ कौलाथ्व पञ्चमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, असोज शुक्ल पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा, जेष्ठा नक्षत्र, सौभाग्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ६:०५ बजे, सूर्यास्त साँझ ५: ३१ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०५ मिनेट देखि ०७ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। अनावश्यक किनमेलमा अधिक खर्च हुनेछ। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले पनि उत्साह जगाउनेछन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुपर्ने समय छ। तापनि, शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। नौलो प्रकृतिको काम गर्ने मौका छ। मिहिनेत गर्दा सफलता मिल्नेछ। तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। ज्ञान तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आम्दानी बढाउने काम प्रारम्भ हुनेछ। बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ। मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आजको लाभांश सुरक्षित नहुन सक्छ। सरसापटमा पनि धन बाहिरिन सक्छ। कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सफल भइनेछ। मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। तापनि नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। पेसा–व्यवसायमा सामान्य फाइदा उठाउन सकिनेछ। तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको मौसम ?

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी र बामगती प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षा तथा हिमपातका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया