शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , आश्विन ३०, २०८०

काठमाडौं,३० असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज ३० गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९५ पैसा र विक्रीदर १३३ रुपैयाँ ५३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ०४ पैसा र विक्रीदर १४० रुपैयाँ ६७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५९ पैसा र विक्रीदर १६२ रुपैयाँ ३२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैयाँ २६ पैसा र विक्रीदर १४७ रुपैयाँ ९२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ०८ पैसा र विक्रीदर ८४ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५० पैसा र विक्रीदर ९७ रुपैयाँ ९४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ०७ पैसा र विक्रीदर ९७ रुपैयाँ ५१ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८९ पैसा र विक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १८ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र विक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २० पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०७ पैसा र विक्रीदर २८ रुपैयाँ २० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८१ पैसा र विक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १२ पैसा र विक्रीदर १२ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७७ पैसा र विक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०१ पैसा र विक्रीदर १७ रुपैयाँ ०८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ७० पैसा र विक्रीदर ४३१ रुपैयाँ ६४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५४ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया