काठमाडौं,२३ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज २३ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९३ पैसा र विक्रीदर १३३ रुपैयाँ ५३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा र विक्रीदर १४० रुपैयाँ ५५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ७६ पैसा र विक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ०४ पैसा र विक्रीदर १४६ रुपैयाँ ७० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५२ पैसा र विक्रीदर ८४ रुपैयाँ ९० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २७ पैसा र विक्रीदर ९७ रुपैयाँ ७१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया १० पैसा र विक्रीदर ९७ रुपैयाँ ५३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९१ पैसा र विक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र विक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०९ पैसा र विक्रीदर २८ रुपैयाँ २२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८२ पैसा र विक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०६ पैसा र विक्रीदर १२ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७६ पैसा र विक्रीदर १८ रुपैयाँ ८५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९८ पैसा र विक्रीदर १७ रुपैयाँ ०५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ८६ पैसा र विक्रीदर ४३१ रुपैयाँ ८० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६० पैसा र विक्रीदर ३५४ रुपैयाँ २० पैसा रहेको छ ।
