काठमाडौं,२२ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज २२ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९० पैसा र विक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र विक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ६७ पैसा र विक्रीदर १६३ रुपैयाँ ४० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ०३ पैसा र विक्रीदर १४६ रुपैयाँ ६९ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र विक्रीदर ८५ रुपैयाँ २३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २७ पैसा र विक्रीदर ९७ रुपैयाँ ७१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ३५ पैसा र विक्रीदर ९७ रुपैयाँ ७९ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र विक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २० पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २० पैसा र विक्रीदर २८ रुपैयाँ ३२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८८ पैसा र विक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १३ पैसा र विक्रीदर १२ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८७ पैसा र विक्रीदर १८ रुपैयाँ ९५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९७ पैसा र विक्रीदर १७ रुपैयाँ ०५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ६८ पैसा र विक्रीदर ४३१ रुपैयाँ ६२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५४ रुपैयाँ ११ पैसा रहेको छ ।
