काठमाडौं,१७ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज १७ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८४ पैसा र विक्रीदर १३३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र विक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ १५ पैसा र विक्रीदर १६० रुपैयाँ ८८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ ८५ पैसा र विक्रीदर १४४ रुपैयाँ ५० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ७० पैसा र विक्रीदर ८४ रुपैयाँ ०८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७९ पैसा र विक्रीदर ९७ रुपैयाँ २३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ६१ पैसा र विक्रीदर ९७ रुपैयाँ ०५ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८६ पैसा र विक्रीदर ८ रुपैयाँ ९० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १९ पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४२ पैसा र विक्रीदर ३५ रुपैयाँ ५८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र विक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १२ पैसा र विक्रीदर २८ रुपैयाँ २५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७६ पैसा र विक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९८ पैसा र विक्रीदर १२ रुपैयाँ ०३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ६५ पैसा र विक्रीदर १८ रुपैयाँ ७४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९६ पैसा र विक्रीदर १७ रुपैयाँ ०४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ४४ पैसा र विक्रीदर ४३१ रुपैयाँ ३८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३७ पैसा र विक्रीदर ३५३ रुपैयाँ ९७ पैसा रहेको छ ।
