काठमाडौं,१५ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज १५ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५७ पैसा र विक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र विक्रीदर १४० रुपैयाँ ७९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ७३ पैसा र विक्रीदर १६२ रुपैयाँ ४६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैयाँ २७ पैसा र विक्रीदर १४५ रुपैयाँ ५३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३१ पैसा र विक्रीदर ८६ रुपैयाँ ६९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र विक्रीदर ९८ रुपैयाँ ०८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ०९ पैसा र विक्रीदर ९७ रुपैयाँ ५३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८७ पैसा र विक्रीदर ८ रुपैयाँ ९२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र विक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २३ पैसा र विक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १४ पैसा र विक्रीदर १२ रुपैयाँ १९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८० पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९३ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ०३ पैसा र विक्रीदर ४३० रुपैयाँ ९७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६५ पैसा र विक्रीदर ३५३ रुपैयाँ २५ पैसा रहेको छ ।
