शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० असोज ०९ गते मंगलवारको राशिफल र मौसम

मंगलवार , आश्विन ९, २०८०

बि.सं. २०८० असोज ०९ गते मंगलवार ई.सं.२०२३ सेप्टेम्बर २६ नेपाल सम्बत ११४३ ञंलाथ्व द्वादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ शुक्ल द्वादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५: ५३ बजे, सूर्यास्त साँझ ५: ५६ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि ११ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा आघात पुग्न सक्छ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। तापनि उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। साँझतिर व्यवसायमा विशेष फाइदा हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। समुदायको हितमा विशेष काम गर्न सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। र, साँझतिर नयाँ काम थालनी गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ। सञ्चित रकमसमेत खर्च हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :–यात्रा र किनमेलमा खर्च हुनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन जुट्नुपर्ने समय छ। द्वेष वा ईर्ष्या गर्नेहरूले बाधा पुर्याए पनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ। साँझतिर बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आफन्तले पनि उत्साह जगाउनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। बुद्धिकाे उपयाेगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। विवाद तथा मुद्दाहरूमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफन्तकाे सहयोगले काम बनाउन सकिनेछ। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। साँझतिर काम बन्नुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– भौतिक साधनले खर्च बढाउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तापनि कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम र दाम आर्जन गर्न सकिनेछ। गरिएका कर्मको फल प्राप्त हुनेछ। साँझतिर साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूकाे सहयाेगले काम बन्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। साँझतिर प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। साँझतिर पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– खर्च लागे पनि केही काम बनाउन सकिनेछ। टाढाका साथीभाइकाे साथ–सहयाेग प्राप्त हुनेछ। पेसा–व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साँझतिर रमाइलाे भेटघाट हुनेछ। गरेकाे काम बन्नाले धनलाभ पनि हुनेछ। घरमा पाहुना तथा शुभचिन्तककाे आगमन हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ। साँझतिर आकस्मिक खर्च बढ्नाले सरसापट लिनुपर्ने हुन सक्छ।

तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै, भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङको जोखिम रहने हुँदा सोबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया