काठमाडौं,०७ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज ०७ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४० पैसा र विक्रीदर १३३ रुपैयाँ ०० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रीदर १४१ रुपैयाँ ५० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र विक्रीदर १६२ रुपैयाँ ८१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ १० पैसा र विक्रीदर १४६ रुपैयाँ ७७ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २८ पैसा र विक्रीदर ८५ रुपैयाँ ६७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ३७ पैसा र विक्रीदर ८१ रुपैयाँ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ९६ पैसा र विक्रीदर ९७ रुपैयाँ ४० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १३ पैसा र विक्रीदर १८ रुपैयाँ २१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३० पैसा र विक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र विक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २५ पैसा र विक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८४ पैसा र विक्रीदर ११ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८९ पैसा र विक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९३ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ३८ पैसा र विक्रीदर ४३० रुपैयाँ ३२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २२ पैसा र विक्रीदर ३५२ रुपैयाँ ८१ पैसा रहेको छ ।
