काठमाडौं,०४ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज ०४ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ६२ पैसा र विक्रीदर १३३ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९६ पैसा र विक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैयाँ ९७ पैसा र विक्रीदर १४८ रुपैयाँ ६४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९५ पैसा र विक्रीदर ८६ रुपैयाँ ३४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र विक्रीदर ९९ रुपैयाँ २१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया २९ पैसा र विक्रीदर ९७ रुपैयाँ ७३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९७ पैसा र विक्रीदर ९ रुपैयाँ ०१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १८ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र विक्रीदर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र विक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३० पैसा र विक्रीदर २८ रुपैयाँ ४३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९६ पैसा र विक्रीदर १२ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०४ पैसा र विक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ५७ पैसा र विक्रीदर ४३१ रुपैयाँ ५१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ७८ पैसा र विक्रीदर ३५३ रुपैयाँ ३७ पैसा रहेको छ ।
