काठमाडौं,०३ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज ०३ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९४ पैसा र विक्रीदर १३३ रुपैयाँ ५४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र विक्रीदर १४२ रुपैयाँ ९५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ९१ पैसा र विक्रीदर १६५ रुपैयाँ ६६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ ३४ पैसा र विक्रीदर १४९ रुपैयाँ ०१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा र विक्रीदर ८६ रुपैयाँ ३० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र विक्रीदर ९९ रुपैयाँ ४१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ५४ पैसा र विक्रीदर ९७ रुपैयाँ ९८ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०० पैसा र विक्रीदर ९ रुपैयाँ ०४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र विक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७० पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३१ पैसा र विक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०३ पैसा र विक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९७ पैसा र विक्रीदर १२ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०९ पैसा र विक्रीदर १९ रुपैयाँ १७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०० पैसा र विक्रीदर १७ रुपैयाँ ०८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ५५ पैसा र विक्रीदर ४३२ रुपैयाँ ४९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६६ पैसा र विक्रीदर ३५४ रुपैयाँ २५ पैसा रहेको छ ।
