काठमाडौं,२८ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ २८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४८ पैसा र विक्रीदर १३२ रुपैयाँ ०८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ २५ पैसा र विक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ३१ पैसा र विक्रीदर १६६ रुपैयाँ ०६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र विक्रीदर १४९ रुपैयाँ ०९ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९१ पैसा र विक्रीदर ८५ रुपैयाँ २९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र विक्रीदर ९८ रुपैयाँ ११ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया २९ पैसा र विक्रीदर ९७ रुपैयाँ ७३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र विक्रीदर ९ रुपैयाँ ०३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २० पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३२ पैसा र विक्रीदर ३५ रुपैयाँ ४८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र विक्रीदर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र विक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३१ पैसा र विक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९१ पैसा र विक्रीदर ११ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०७ पैसा र विक्रीदर १९ रुपैयाँ १५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९३ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ २५ पैसा र विक्रीदर ४३१ रुपैयाँ २० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५३ रुपैयाँ ०२ पैसा रहेको छ ।
