शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , भाद्र २५, २०८०

काठमाडौं,२५ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ २५ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४२ पैसा र विक्रीदर १३३ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रीदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ०९ पैसा र विक्रीदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ २३ पैसा र विक्रीदर १४९ रुपैयाँ ९० पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४४ पैसा र विक्रीदर ८४ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र विक्रीदर ९७ रुपैयाँ ५१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ०१ पैसा र विक्रीदर ९७ रुपैयाँ ४५ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९६ पैसा र विक्रीदर ९ रुपैयाँ ०० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०३ पैसा र विक्रीदर १८ रुपैयाँ ११ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३० पैसा र विक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र विक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३२ पैसा र विक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९० पैसा र विक्रीदर ११ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०० पैसा र विक्रीदर १९ रुपैयाँ ०८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८९ पैसा र विक्रीदर १६ रुपैयाँ ९७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ १० पैसा र विक्रीदर ४३१ रुपैयाँ ०४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २५ पैसा र विक्रीदर ३५२ रुपैयाँ ८४ पैसा रहेको छ ।

 

प्रतिक्रिया