शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , भाद्र २२, २०८०

काठमाडौं,२२ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ २२ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८४ पैसा र विक्रीदर १३३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ २६ पैसा र विक्रीदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र विक्रीदर १६६ रुपैयाँ ३६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ ८६ पैसा र विक्रीदर १४९ रुपैयाँ ५३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८२ पैसा र विक्रीदर ८५ रुपैयाँ २० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २९ पैसा र विक्रीदर ९७ रुपैयाँ ७३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ३४ पैसा र विक्रीदर ९७ रुपैयाँ ७८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०१ पैसा र विक्रीदर ९ रुपैयाँ ०५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १३ पैसा र विक्रीदर १८ रुपैयाँ २१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४२ पैसा र विक्रीदर ३५ रुपैयाँ ५८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र विक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७३ पैसा र विक्रीदर ३ रुपैयाँ ७५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३९ पैसा र विक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९४ पैसा र विक्रीदर १२ रुपैयाँ ०० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०७ पैसा र विक्रीदर १९ रुपैयाँ १६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ६६ पैसा र विक्रीदर ४३२ रुपैयाँ ६० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३७ पैसा र विक्रीदर ३५३ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया