काठमाडौं,२१ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ २१ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ७२ पैसा र विक्रीदर १३३ रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ५३ पैसा र विक्रीदर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र विक्रीदर १६७ रुपैयाँ ३३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैयाँ १२ पैसा र विक्रीदर १४९ रुपैयाँ ७९ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८७ पैसा र विक्रीदर ८५ रुपैयाँ २५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २९ पैसा र विक्रीदर ९७ रुपैयाँ ७३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ४८ पैसा र विक्रीदर ९७ रुपैयाँ ९२ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०१ पैसा र विक्रीदर ९ रुपैयाँ ०५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३८ पैसा र विक्रीदर ३५ रुपैयाँ ५० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र विक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३ रुपैयाँ ७६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र विक्रीदर ३६ रुपैयाँ ३० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४० पैसा र विक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९५ पैसा र विक्रीदर १२ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ११ पैसा र विक्रीदर १९ रुपैयाँ २० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९२ पैसा र विक्रीदर १७ रुपैयाँ ०० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २० पैसा र विक्रीदर ४३२ रुपैयाँ १५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०५ पैसा र विक्रीदर ३५३ रुपैयाँ ६४ पैसा रहेको छ ।
