शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

आज सुनको मूल्य घट्यो

मंगलवार , भाद्र १९, २०८०

काठमाडौं , १९ भदौ - नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया