काठमाडौं,१५ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ १५ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया १६ पैसा र विक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र विक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ६६ पैसा र विक्रीदर १६८ रुपैयाँ ४२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र विक्रीदर १५० रुपैयाँ ६६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ पैसा र विक्रीदर ८५ रुपैयाँ ९२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५६ पैसा र विक्रीदर ९८ रुपैयाँ ०० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ८१ पैसा र विक्रीदर ९८ रुपैयाँ २६ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०६ पैसा र विक्रीदर ९ रुपैयाँ १० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १३ पैसा र विक्रीदर १८ रुपैयाँ २२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २३ पैसा र विक्रीदर ३५ रुपैयाँ ३९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र विक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र विक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४८ पैसा र विक्रीदर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १२ पैसा र विक्रीदर १२ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २९ पैसा र विक्रीदर १९ रुपैयाँ ३८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८५ पैसा र विक्रीदर १६ रुपैयाँ ९३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ७६ पैसा र विक्रीदर ४३० रुपैयाँ ७० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५६ पैसा र विक्रीदर ३५२ रुपैयाँ १५ पैसा रहेको छ ।
