काठमाडौं,१० भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ १० गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ९४ पैसा र विक्रीदर १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ३८ पैसा र विक्रीदर १४३ रुपैयाँ ०२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ०६ पैसा र विक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ ९० पैसा र विक्रीदर १४९ रुपैयाँ ५८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७१ पैसा र विक्रीदर ८५ रुपैयाँ ०९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र विक्रीदर ९७ रुपैयाँ ५६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया २८ पैसा र विक्रीदर ९७ रुपैयाँ ७३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०३ पैसा र विक्रीदर ९ रुपैयाँ ०७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १० पैसा र विक्रीदर १८ रुपैयाँ १८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १७ पैसा र विक्रीदर ३५ रुपैयाँ ३३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र विक्रीदर ३६ रुपैयाँ ०८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४४ पैसा र विक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९८ पैसा र विक्रीदर १२ रुपैयाँ ०३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १० पैसा र विक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८२ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ५३ पैसा र विक्रीदर ४२९ रुपैयाँ ४७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९६ पैसा र विक्रीदर ३५१ रुपैयाँ ५५ पैसा रहेको छ ।
