काठमाडौं,०६ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ ०६ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४० पैसा र विक्रीदर १३३ रुपैयाँ ०० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ १४ पैसा र विक्रीदर १४४ रुपैयाँ ८० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ०१ पैसा र विक्रीदर १६९ रुपैयाँ ७७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ८५ पैसा र विक्रीदर १५१ रुपैयाँ ५३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३१ पैसा र विक्रीदर ८५ रुपैयाँ ७० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८२ पैसा र विक्रीदर ९८ रुपैयाँ २७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ६९ पैसा र विक्रीदर ९८ रुपैयाँ १३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०९ पैसा र विक्रीदर ९ रुपैयाँ १३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १५ पैसा र विक्रीदर १८ रुपैयाँ २३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३० पैसा र विक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र विक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४९ पैसा र विक्रीदर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९० पैसा र विक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १३ पैसा र विक्रीदर १२ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३४ पैसा र विक्रीदर १९ रुपैयाँ ४३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८९ पैसा र विक्रीदर १६ रुपैयाँ ९७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ७२ पैसा र विक्रीदर ४३१ रुपैयाँ ६६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २० पैसा र विक्रीदर ३५२ रुपैयाँ ७९ पैसा रहेको छ ।
