शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , श्रावण ३२, २०८०

काठमाडौं,३२ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन ३२ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४३ पैसा र विक्रीदर १३३ रुपैयाँ ०३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ५९ पैसा र विक्रीदर १४५ रुपैयाँ २४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र विक्रीदर १६८ रुपैयाँ ४६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ६३ पैसा र विक्रीदर १५१ रुपैयाँ ३१ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५१ पैसा र विक्रीदर ८५ रुपैयाँ ९० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र विक्रीदर ९८ रुपैयाँ ५६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ५४ पैसा र विक्रीदर ९७ रुपैयाँ ९८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०९ पैसा र विक्रीदर ९ रुपैयाँ १३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १५ पैसा र विक्रीदर १८ रुपैयाँ २४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३१ पैसा र विक्रीदर ३५ रुपैयाँ ४७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र विक्रीदर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३ रुपैयाँ ७६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६१ पैसा र विक्रीदर २८ रुपैयाँ ७४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९० पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २१ पैसा र विक्रीदर १२ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४० पैसा र विक्रीदर १९ रुपैयाँ ४९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९२ पैसा र विक्रीदर १६ रुपैयाँ ९९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ३९ पैसा र विक्रीदर ४३२ रुपैयाँ ३४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५२ रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रतिक्रिया