काठमाडौं,३१ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन ३१ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४३ पैसा र विक्रीदर १३३ रुपैयाँ ०३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ८० पैसा र विक्रीदर १४५ रुपैयाँ ४६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ २३ पैसा र विक्रीदर १६८ रुपैयाँ ९९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैयाँ ०५ पैसा र विक्रीदर १५१ रुपैयाँ ७३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७२ पैसा र विक्रीदर ८६ रुपैयाँ १० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र विक्रीदर ९८ रुपैयाँ ६० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ५८ पैसा र विक्रीदर ९८ रुपैयाँ ०२ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १० पैसा र विक्रीदर ९ रुपैयाँ १४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १८ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३१ पैसा र विक्रीदर ३५ रुपैयाँ ४७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र विक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३ रुपैयाँ ७६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५७ पैसा र विक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९० पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २२ पैसा र विक्रीदर १२ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४५ पैसा र विक्रीदर १९ रुपैयाँ ५४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९४ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ४१ पैसा र विक्रीदर ४३२ रुपैयाँ २६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५२ रुपैयाँ ९४ पैसा रहेको छ ।
