शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , श्रावण २३, २०८०

काठमाडौं,२३ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन २३ गते मंगवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया १० पैसा र विक्रीदर १३२ रुपैयाँ ७० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र विक्रीदर १४५ रुपैयाँ ६१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ १६ पैसा र विक्रीदर १६८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ६१ पैसा र विक्रीदर १५१ रुपैयाँ २९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६३ पैसा र विक्रीदर ८७ रुपैयाँ ०२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ८९ पैसा र विक्रीदर ९९ रुपैयाँ ३४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४५ पैसा र विक्रीदर ९९ रुपैयाँ ८९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २८ पैसा र विक्रीदर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २१ पैसा र विक्रीदर ३५ रुपैयाँ ३७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र विक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र विक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९८ पैसा र विक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १० पैसा र विक्रीदर १० रुपैयाँ १५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र विक्रीदर १२ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४५ पैसा र विक्रीदर १९ रुपैयाँ ५४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९२ पैसा र विक्रीदर १७ रुपैयाँ ०० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ४८ पैसा र विक्रीदर ४३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३९ पैसा र विक्रीदर ३५१ रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रतिक्रिया