शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , श्रावण २०, २०८०

काठमाडौं,२० साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन २० गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया २्र५ पैसा र विक्रीदर १३२ रुपैयाँ ८५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र विक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ९६ पैसा र विक्रीदर १६८ रुपैयाँ ७२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ६६ पैसा र विक्रीदर १५१ रुपैयाँ ३४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र विक्रीदर ८७ रुपैयाँ ०७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र विक्रीदर ९९ रुपैयाँ ३७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४७ पैसा र विक्रीदर ९८ रुपैयाँ ९२ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २७ पैसा र विक्रीदर ९ रुपैयाँ ३१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २५ पैसा र विक्रीदर ३५ रुपैयाँ ४१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र विक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ०३ पैसा र विक्रीदर २९ रुपैयाँ १७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०९ पैसा र विक्रीदर १० रुपैयाँ १४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र विक्रीदर १२ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४२ पैसा र विक्रीदर १९ रुपैयाँ ५१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९३ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ८७ पैसा र विक्रीदर ४३१ रुपैयाँ ८२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७८ पैसा र विक्रीदर ३५२ रुपैयाँ ३७ पैसा रहेको छ ।

प्रतिक्रिया