काठमाडौं,११ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन ११ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ९० पैसा र विक्रीदर १३१ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ०६ पैसा र विक्रीदर १४५ रुपैयाँ ७३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ १२ पैसा र विक्रीदर १६९ रुपैयाँ ८९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैयाँ ७९ पैसा र विक्रीदर १५२ रुपैयाँ ४८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४८ पैसा र विक्रीदर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ०९ पैसा र विक्रीदर ९९ रुपैयाँ ५५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६४ पैसा र विक्रीदर ९८ रुपैयाँ ०९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३२ पैसा र विक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९० पैसा र विक्रीदर ३५ रुपैयाँ ०६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३ रुपैयाँ ८४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७७ पैसा र विक्रीदर २८ रुपैयाँ ९० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २७ पैसा र विक्रीदर १० रुपैयाँ ३१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र विक्रीदर १२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४७ पैसा र विक्रीदर १९ रुपैयाँ ५६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६ रुपैयाँ ८५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ५५ पैसा र विक्रीदर ४२८ रुपैयाँ ५१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७४ पैसा र विक्रीदर ३४८ रुपैयाँ ८६ पैसा रहेको छ ।
