शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० असार २१ गते बिहिबारको राशिफल र मौसम

बिहिवार , आषाढ २१, २०८०

बि.सं. २०८० असार २१ गते बिहिबार ई.सं.२०२३ जुलाई ०६ नेपाल सम्बत ११४३ दिल्लागा तृतिया, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण तृतिया, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, प्रीति योग, विष्टि-भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ५: १३ बजे, सूर्यास्त साँझ ७: ०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १३ मिनेट देखि ०६ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– पहिलेका कमजोरी बाहिर आउनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेकाे स्थितिमा सुधार आउनाले आशा जाग्नेछ। नयाँ कामकाे अवसर प्राप्त हुनेछ। मिहिनेतले कीर्तिमानी कामको यश लिने सौभाग्य दिलाउन सक्छ। साँझतिर पुरानाे समस्या समाधान हुनाले विशेष फाइदा हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य आम्दानी बढ्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। साँझतिर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– स्वास्थ्य कमजोर हुनाले काम गर्न समय लाग्नेछ। उपलब्धिविहीन काम गर्नुपरे पनि चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझतिर उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुटाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायमा सामान्य आम्दानी भइरहनेछ। तर विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। कामले वादविवाद समेत निम्त्याउन सक्छ। साँझतिर स्वास्थ्य कमजाेर रहनेछ र कामकाे चाप बढ्नेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– परिस्थितिवश विवादास्पद काममा अलमलिनुपर्ला। द्वन्द्वले फजुल खर्च निम्त्याउन सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला। साेखले खर्च बढाउन सक्छ। काम पूरा नभए पनि साँझमा मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेतले लाभ दिलाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साँझदेखि प्रतिस्पर्धीहरूबाट अलि सावधान रहनुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्, सजग रहनुहाेला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धा बढ्नेछ तापनि साँझतिर व्यवसायमा लाभ हुनेछ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। बिना योजना काम थाल्दा दु:ख पाइनेछ। तापनि, शुभचिन्तककाे साथ–सहयाेगले काम गर्न सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अअध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर पनि प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सहयोगीहरूले नयाँ कामको प्रस्ताव ल्याउनेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तसँग सम्पर्क हुनेछ। साँझतिर परिस्थितिवश काम राेकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। आवश्यक पर्दा शुभचिन्तक र सहयोग गर्नेहरू भेटिनेछन्। विदेश तक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। साँझतिर आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्न सक्छ। मिहिनेत गर्दा चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सानाेतिनाे यात्राकाे सम्भावना छ।

तपाईको दिन शुभ रहोस् ।

२०८० असार २१ गते बिहिबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसारहाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आन्शिक देखि सामान्य बदली रहेको छ। कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो : –देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती :– देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया