काठमाडौं,१९ असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार १९ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ८४ पैसा र विक्रीदर १३१ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र विक्रीदर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ८४ पैसा र विक्रीदर १६६ रुपैयाँ ६० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ ४५ पैसा र विक्रीदर १४६ रुपैयाँ १२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०७ पैसा र विक्रीदर ८७ रुपैयाँ ४७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ७२ पैसा र विक्रीदर ९९ रुपैयाँ १७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ७७ पैसा र विक्रीदर ९७ रुपैयाँ २२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०४ पैसा र विक्रीदर ९ रुपैयाँ ०८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०५ पैसा र विक्रीदर १८ रुपैयाँ १४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८८ पैसा र विक्रीदर ३५ रुपैयाँ ०४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र विक्रीदर ३६ रुपैयाँ ०७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र विक्रीदर ३५ रुपैयाँ ७८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०३ पैसा र विक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०४ पैसा र विक्रीदर १२ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १४ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७० पैसा र विक्रीदर १६ रुपैयाँ ७८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ४६ पैसा र विक्रीदर ४२७ रुपैयाँ ४१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ०५ पैसा र विक्रीदर ३४८ रुपैयाँ ६४ पैसा रहेको छ ।
