बि.सं. २०८० असार १९ गते मंगलवार ई.सं.२०२३ जुलाई ०४ नेपाल सम्बत ११४३ दिल्लागा पारु, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण प्रतिपदा, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ५: १२ बजे, सूर्यास्त साँझ ७: ०३ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि १२ बजेर ०८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– स्वास्थ्य कमजाेर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामकाे प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– केही विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। तापनि हिम्मत गर्दा काम बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले उत्साहित भइनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। साँझतिर व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ। रमाइलाे यात्रा पनि हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साँझतिर विश्वासिला व्यक्तिहरूले धाेका दिने हुँदा काम राेकिन सक्छ। सानाे कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– शुभचिन्तककाे साथ–सहयाेगले काम गर्न सकिनेछ। श्रम परे पनि प्रतिफल प्राप्त हुनेछ। तर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूका काममा धेरै समय अलमलिनुपर्ला। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला। साँझतिर विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ला। केही घरायसी समस्याले आफन्त टाढिन सक्छन्।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई नियमित फाइदा भइरहनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदै हुनेछ। साँझतिर परिस्थितिवश काम राेकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। खानपानको सोखले स्वास्थ्य बिग्रन सक्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। मिहिनेतले केही काम गर्न सकिनेछ। स्राेत–साधन जुटाउने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। कामले खर्च बढाउने हुँदा रकम जोहो गर्नुपर्ने छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिगो काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। तर, अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। साँझतिर सहयोगीहरूले साथ दिनेछन्। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। आवश्यक पर्दा शुभचिन्तक र सहयोग गर्नेहरू पनि भेटिनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
तपाईको दिन शुभ रहोस् ।
२०८० असार १९ गते मंगलवारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो : – देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती :–देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।