काठमाडौं,१८ असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार १८ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ९७ पैसा र विक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ९१ पैसा र विक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ४१ पैसा र विक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ २५ पैसा र विक्रीदर १४५ रुपैयाँ ९२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३२ पैसा र विक्रीदर ८७ रुपैयाँ ७२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र विक्रीदर ९९ रुपैयाँ ३९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ८५ पैसा र विक्रीदर ९७ रुपैयाँ ३० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०७ पैसा र विक्रीदर ९ रुपैयाँ १२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र विक्रीदर १८ रुपैयाँ १४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९२ पैसा र विक्रीदर ३५ रुपैयाँ ०८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र विक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र विक्रीदर ३५ रुपैयाँ ८२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०६ पैसा र विक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९५ पैसा र विक्रीदर १० रुपैयाँ ०० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १३ पैसा र विक्रीदर १२ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७१ पैसा र विक्रीदर १६ रुपैयाँ ७९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ९५ पैसा र विक्रीदर ४२७ रुपैयाँ ९० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४० पैसा र विक्रीदर ३४८ रुपैयाँ ९९ पैसा रहेको छ ।
