बि.सं. २०८० असार १७ गते आइतबार ई.सं.२०२३ जुलाई ०२ नेपाल सम्बत ११४३ दिल्लाथ्व चतुर्दशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, असार शुक्ल चतुर्दशी चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शुक्ल योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३९ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि दिउँसाेदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्नेछ र पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– बिहानको समय उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुने समय छ। व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– जटिल काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ। व्यापार बढ्नेछ भने यात्राकाे साइत जुर्न सक्छ। भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– बिहानको समय उपलब्धिमूलक रहनेछ। व्यवसायले आम्दानी बढाउनेछ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। दिउँसाेदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काम राेकिन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बाैद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। आयस्रोत बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। दिउँसाेदेखि अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वादविवादमा फसिने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेकाे काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। तर हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। व्यवसायमा फाइदा कम उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। तर आकस्मिक समस्याले खर्च बढाउने समय छ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– पुरुषार्थी काम प्रारम्भ हुन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य रकम हातलागी हुनेछ। नयाँ व्यवसायमा लगानी गर्ने वातावरण बन्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। मध्याह्नदेखि अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। वादविवादमा अघि नसर्नुहाेला।
तपाईको दिन शुभ रहोस् ।
२०८० असार १७ गते आइतबारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार
दिउँसो : –देशभर आंशिक देखि सामान्य बदली रहनेछ। रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती :– देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।