शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , जेठ २२, २०८०

काठमाडौं,२२ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ २२ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रीदर १३२ रुपैयाँ ०० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र विक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र विक्रीदर १६४ रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैयाँ ५९ पैसा र विक्रीदर १४५ रुपैयाँ २५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८८ पैसा र विक्रीदर ८७ रुपैयाँ २८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८८ पैसा र विक्रीदर ९८ रुपैयाँ ३२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ३३ पैसा र विक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३९ पैसा र विक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र विक्रीदर १८ रुपैयाँ ६३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०३ पैसा र विक्रीदर ३५ रुपैयाँ १९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र विक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७८ पैसा र विक्रीदर ३५ रुपैयाँ ९४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७१ पैसा र विक्रीदर २८ रुपैयाँ ८४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा र विक्रीदर १२ रुपैयाँ २२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८९ पैसा र विक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६ रुपैयाँ ८४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ १२ पैसा र विक्रीदर ४२९ रुपैयाँ ०७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५४ पैसा र विक्रीदर ३५० रुपैयाँ १३ पैसा रहेको छ ।

प्रतिक्रिया