काठमाडौं,२१ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ २१ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रीदर १३२ रुपैयाँ ०० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र विक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र विक्रीदर १६५ रुपैयाँ ४८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ ११ पैसा र विक्रीदर १४५ रुपैयाँ ७८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १४ पैसा र विक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९६ पैसा र विक्रीदर ९८ रुपैयाँ ४० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ७६ पैसा र विक्रीदर ९८ रुपैयाँ २० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४७ पैसा र विक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०४ पैसा र विक्रीदर ३५ रुपैयाँ २० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र विक्रीदर ३५ रुपैयाँ ९४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७१ पैसा र विक्रीदर २८ रुपैयाँ ८४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ११ पैसा र विक्रीदर १० रुपैयाँ १५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २६ पैसा र विक्रीदर १२ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०० पैसा र विक्रीदर १९ रुपैयाँ ०९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६ रुपैयाँ ८४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ४१ पैसा र विक्रीदर ४२९ रुपैयाँ ३७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५० रुपैयाँ ११ पैसा रहेको छ ।
