शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , जेठ १८, २०८०

काठमाडौं,१८ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ १८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र विक्रीदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ०४ पैसा र विक्रीदर १६४ रुपैयाँ ०२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ ०८ पैसा र विक्रीदर १४५ रुपैयाँ ७४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५४ पैसा र विक्रीदर ८५ रुपैयाँ ९३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र विक्रीदर ९७ रुपैयाँ १८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ४९ पैसा र विक्रीदर ९७ रुपैयाँ ९३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४३ पैसा र विक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २१ पैसा र विक्रीदर ३५ रुपैयाँ ३७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६१ पैसा र विक्रीदर २८ रुपैयाँ ७४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ११ पैसा र विक्रीदर १२ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९४ पैसा र विक्रीदर १९ रुपैयाँ ०२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८६ पैसा र विक्रीदर १६ रुपैयाँ ९३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ११ पैसा र विक्रीदर ४३१ रुपैयाँ ०६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३३० पैसा र विक्रीदर ३५१ रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रतिक्रिया